सुन्दा तपार्इलार्इ अचम्म लाग्न सक्छ १३ अाेटा शब्दले पनि मन्त्री पद जान्छ भनेर, तर याे नेपालकै वास्तविक घटना हाे । शुक्रबार कमल थापाकाे पार्टी राप्रपाबाट शहरी विकास मन्त्री बनेका दिलनाथ गिरीकाे मन्त्री पद १३ शब्दकाे चिठ्ठीले जाँदैछ । शेरबहादुर देउवा मन्त्रीपरिषद्मा शहरी विकास मन्त्रालय सम्हाली रहेका गिरीलार्इ उनकै पार्टीले १३ शब्दकाे पत्र काटेर फिर्ता बाेलाएकाे छ ।