एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न गरेको प्रस्ताव वाम गठबन्धन तोड्ने प्रयास भएको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘राष्ट्रनिर्माणको महाअभियान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव माया गरेको नभइ गठबन्धन विथोल्ने प्रयास भएको बताएका हुन्।

‘प्रचण्डजीले सार्वजनिक रुपमै भनिसक्नुभयो उहाँलाई बोलाएर पाँच वर्ष प्रधानमन्त्री दिने प्रस्ताव गरिएको छ’, ओलीले भने,‘यो उहाँलाई माया गरेको हो? देश बनाउन खोजेको हो? केहि होइन यो विथोल्न खोजिएको हो, विगार्न खोजिएको हो।’

ओलीले अब वाम गठबन्धन तोड्ने प्रयासहरु काम नलाग्ने दावी गरे। ‘गठबन्धन तोड्ने प्रयासहरु काम लाग्दैनन्, जनताले हामीलाई देश बनाउने अभिभारामात्र होइन हैसियतपनि दिएका छन्’, उनले भने,‘त्यो हैसियतलाई बिर्सिएर हामीले गलत बाटो समात्न सम्भव छैन।’ वाम गठबन्धनले कम्तिमा ६ वटा प्रदेशसमा सहज रुपमा सरकार बनाउने भन्दै ओलीले सहि आर्थिक निति तयार पारेर देश विकास गरिने बताए।

नेपाल खबर बाट