सहबान अन्सारी / नवलपरासीमा दुई दिने युरिया माेलासिस मिनरल्स ब्लक निर्माण तालिम सम्पन्न भएको छ।

सुस्ता गाउपालिका वडा नं १ छिबनीमा बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा गरिएको कार्यक्रममा जनजागृति कृषक समुहकाे अध्यक्ष मिठु खनालकाे अध्यक्षता तथा बिकल्प नवलपरासीको कार्यक्रम संयाेजक सराेज कुमार गाैतमकाे प्रमुख अथित्यता रहेको थियो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा बाेल्दै संयाेजक गाैतमले युरिया माेलासिस मिनरल्स ब्लक निर्माण तालिम अहिलेकाे अवस्थामा महिला दिदिबहिनीहरुकाे लागि अति अावश्यक रहेको र यसले कृषि क्षेत्रमा बिशेष भुमिका खेल्नुका साथै , पशुपालक कृषकलाई युरिया माेलासिस मिनिरल्स ब्लक र खनिज ढिक्का निर्माण गराई नियमित पशुलाई चटाएर पशुको स्वास्थ्य र दूधकाे गुणस्तरमा बृद्धिगरी अार्थिक स्तरमा वृद्धि गर्ने सकिने बताउनु भयो।

साथै तालिममा सहभागी भएका सम्पूर्ण लाई परिक्षणका लागि एक महिना सम्म नियमित एउटा पशुलाई चटाउदा त्यस पशुकाे पहिलेको अवस्था र हालकाे अवस्थामा दूध र पशुमा अाएकाे सुधारलाई फरकपन हुनेछ भन्ने कुरामा जाेड दिनु भएको थियोे ।

ऊक्त तालिममा सुस्ता गाउँ पालिका बाट ३४ जनाकाे सहभागीता रहेको थियो । तालिममा बिकल्पका कृषि प्राबिधिक राम नगिना गुप्ता र मन्जु चाैधरीले प्रशिक्षण दिनु भएको थियोे ।