सहबान अन्सारी नवलपरासीमा जातीय छुवाछूत बिरुद्ध मन्चिय नाटक एवम् बिविध सांस्कृतिक कार्यक्रम अाज सम्पन्न भएको छ । सरावल गाऊपालिका वडा नं .४ गोबरहियामा ए.बि.सि नेपालकाे अायाेजना एवम् स्ट्राेम फाउन्डेसनकाे सहयोगमा कार्यक्रम गरिएको हो ।

दिप ज्याेति सम्बाद केन्द्रकि अध्यक्ष अनिता कहारकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष छाेटेलाल यादवकाे प्रमुख आतिथ्यता रहेको थियो !

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा बाेल्दै वडा अध्यक्ष यादवले जातीय छुवाछूत बिरुद्ध मन्चिय नाटक अहिलेको अवस्थामा बालबालिका, युवा र महिलाहरुको लागि अति आवश्यक रहेको बताउनु भयो। जातीय छुवाछूत सामाजिक अपराध हाे। नेपालमा धेरै जातजातिका मानिसहरु बस्छन् । जसरी एउटै फूलबारीमा विभिन्न रङ्ग जातका फूलहरु सजिएका हुन्छन् ,त्यसरी नै नेपाल पनि विभिन्न जात,भाषा ,संस्कृति र भेषभुषाले सजिएको सुन्दर फूलबारी हाे। हरेक समुदाय,जातजाति र धर्मको सम्मान गर्नुपर्छ। मानिस ठुलो दिलले हुन्छ जातले हुदैन । त्यसैले यसप्रकारका जातीय छुवाछूत समाजबाट हटाउनुपर्छ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ । र बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरूको ठुलाे भुमिका रहने उहाँ बताउनु भयो !

साथै यस्ता जातीय छुवाछूत बिरुद्ध सचेतना कार्यक्रम समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ । यश क्षेत्रकाे बिकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने बिचार राख्नुभएको थियो !

कार्यक्रममा नेपालि काङ्ग्रेस सरावल गाउँ पालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेय, सरावल गाउँ पालिका वडा न. ४ वडा सदस्य सुर्य नरायण यादव , समाजसेवी जनमजय यादव ,ए.बि.सि नेपालकाे फिल्ड सुपरवाईजर साइदा निशा ,भाेजपुरि संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क,सरावल वाल सन्जाल अध्यक्ष सन्दिप बि.क,समाजसेवी बासमति हरिजन, दिलमाया चाैधरी ,समाजसेवी अकलेश जैसवाल ,रुपा हरिजन,ममता चाैधरी लगायतहरुले शुभकामना मन्तब्य दिनुभएको थियो।