दमक/झापाको दमकमा पुस २७ गतेदेखि हुने दमक महोत्सवमा हेलिकप्टर समेत चढ्न पाइने भएको छ । महोत्सवको आकर्षणको रुपमा तोकिएको रकम तिरेपछि इच्छुकले हेलिकप्टर चढ्न पाउने भएकाहुन् ।
दमक र आसपासको दृश्यावलोकन गर्न देखि लिएर पाथिभरा दर्शनसम्मको सुविधाका लागि महोत्सवमा हेलिकप्टर पनि ल्याइन लागिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाललले बताएकाछन् ।
बिगत बर्षहरुको भन्दा फरक महोत्सव बनाउने उदेश्य राखिएको बताउदै महोत्सवका धेरै आकर्षणहरु रहने उनले जनाए । ति आकर्षण मध्ये हेलिकप्टरबाट दमक र आसपासको क्षेत्र हेर्न सकिन्छ ।
दमक उद्योग बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग बाणिज्य संघ दमकको आयोजना यही पौष २७ देखि माघ ८ सम्म महोत्सव हुन लागेको हो ।









