दमक/दमक जेसिजको नयाँ नेतृत्व चयनका लागि प्रयास भएको छ । आज भएको साधरणसभाले निर्वाचन कार्यक्रमहरु समेत सार्वजनिक गरेको दमक जेसिजका महासचिब चन्द्र खत्रीले बताएकाछन् ।
३ दिनपछि दमक जेसिजले नयाँ अध्यक्ष पाउने भएको छ । सन् २०१८ को अध्यक्षका लागि वर्तनमा महासचिब खत्री र पूर्व महासचिब बद्रि बरालबीच कडा रस्साकस्सि हुने देखिएको छ ।
यसका साथै भीमराज केसी, गोपाल गुरागाइ, सुयोग खरेल, बिमल नेपाल र सुयोग खरेलको पनि दाबेदारी रहदै आएको छ । खत्री, केसरु र बरालले अघिल्लो पटक पनि दाबेदारी पेसेका थिए । वर्तमान अध्यक्ष गोविन्दराज कट्टेललाइ सर्वसम्मत बनाउन भन्दै उनिहरुको उम्मेदवारी फिर्ता भएको थियो ।










