१५ पुस– गच्छदारसँग पराजित एमाले उम्मेदवार भगवती चौधरीले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेकी थिइन् ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिने/नदिनेबारे विपक्षी निर्वाचन आयोगलाई छलफलमा बोलाउन आदेश जारी गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मतगणनामा धाँधली भएको विषयमा सर्वोच्चले विजयी उम्मेदवार विजयकुमार गच्छदार र आयोगलाई छलफलमा बोलाएको छ ।

मतगणनाका क्रममा फर्जी मतपत्र गणना गरेर आफूलाई पराजित गरिएको भन्दै चौधरीले गच्छदारविरुद्ध रिट हालेकी हुन् । उनले दायर गरेको रिटमा निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, प्रतिनिधिसभा क्षेत्र नं ३, निर्वाचन अधिकृत टीकाभूषण घिमिरे र विजयी उम्मेदवार विजयकुमार गच्छदारलाई विपक्षी बनाइएको छ ।

चौधरीले गैरकानुनी मतगणनाबाट आफू पराजित हुनुपरेको भन्दै विजयी उम्मेदवार गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनसमेत माग गरेकी छिन् ।

सुनसरी प्रतिनिधिसभा क्षेत्र नं ३ बाट विजयी कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी थिइन् । नयाँ पत्रिकाले लेखेको छ ।

यसैबीच पुन गणना भए गच्छदारले हार्लान या जित्लान ? अहिले अड्कल बाजि हुन थालेको छ । भगवती चौधारीको माग अनुसार पुन मतगणना भएमा गच्छाधार अप्ठेरोमा पर्न सक्ने आँकलन एमालेका स्थानीय नेता कार्यकर्ताहरु रहेको छ ।