काठमाडौ । नेपाली कांग्रेसभित्र अहिले प्रतिनिधि सभामा चुनाव हारेका नेताहरुलाई राष्ट्रिय सभामा ल्याउनको लागि नेतृत्वले गरको तयारीलाई लिएर तिव्र विवाद उत्पन्न भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले चुनाव हारेका प्रभावशाली तथा शीर्ष नेताहरुलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेसँगै केही नेताहरुले असन्तुष्टि नै पोखेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार चुनाव हारेका नेताहरु क्रमशः कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक, एन.पी. साउद, शेखर कोइराला, चन्द्र भण्डारी, डा. प्रकाशशरण महत, डा. आरजु राणा देउवा, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, फर्मुल्ला मन्सुर र दिपकुमार उपाध्यायलाई राष्ट्रिय सभामा लैजानेबारे लविङ भैरहेको छ ।

तर शेखर कोइरालाले यसबारेमा खुलेरै आपत्ति जनाएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले चुनाव हारेकाहरुलाई यसरी राष्ट्रिय सभामा लैजाने तयारी गर्नु नै गलत भएको टिप्पणी गरे । उनले भने,“म त यसको विपक्षमा छु, जहाँसम्म मेरो कुरा आएको छ, यो त म सिधै अस्विकार गर्छु, यो विधि र विधान अनुसार पनि असुहाउँदो कुरा हो।”