सरकारद्धारा गठित उच्चस्तिरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानी प्रस्ताव गरेको छ ।

मुस्किलले २ देखि ३ लाख रुपैयाँ कट्ठा पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको दाङ घोराही उपमहानगरपालिका ७ का राकेश बस्नेतले जानकारी दिए ।  यस्तै ३ लाख मिटर पर्ने जग्गा अहिले ५ देखि ६ लाखमा कारोबार भइरहेको सुर्खेतका व्यवसायी रामचन्द्र शाहीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनकपुर २३ का अहमद हुस्सेनले ३० देखि ३५ लाख प्रति कट्ठा पर्ने जग्गा राजधानीको चर्चा भएसँगै बढेर ४० लाख पुगेको जानकारी दिए ।

सुनसरीमा केहीअघि ७० लाख सम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोडसम्म पुगेको छ । धनगढीमा पनि जग्गाको कारोबारमा विगतको भन्दा वृद्धि भएको छ । काठमाडौं केन्द्रीय राजधानी भएकाले पनि जग्गा कारोबारमा खासै प्रभाव परेको छैन । पोखरामा भने जग्गाको भाउ अहिलेसम्म यथास्थितिमै छ ।