काठमाडौं, पुस १६ – चार राजनीतिक दलबिच पार्टी एकता भएको छ । सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किराँत खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबिच शनिबार एकीकरण भएको हो ।
सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष ज्ञानेश्वर राई, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष किरण राईलगायतले पार्टी एकीकरण भएको घोषणा गर्नुभएको हो ।