झापाको दमक नगरपालिका ३ बेलडागी सेक्टर नम्बर जे २ हट नम्बर २७ बस्ने ३० बर्षिय जयमान राई मृत अवस्थामा भेटिएका छन्।
शुक्रबार दिउँसो इलामको चुलाचुली स्थित आफन्तको मा गई फर्कने क्रममा साईकलमा सवार उनी आफन्तको घरबाट १ सय मिटर टाढा मावा खोलाको बगरमा मृत अबस्थामा भेटिएका स्थानियले बताए। घटनाबरे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानएको छ।










