दमक/झापाको दमकमा मरुभूमिमा पाइने उंट पनि ल्याइने भएको छ । पुष २७ गते देखि दमकमा हुन लागेको दमक महोत्सवको आकर्षणको रुपमा उंट, हात्ती, घोडा लगायतका जनवारहरु ल्याइने छ ।
महोत्सवमा आउने दर्शकहरुले फरक किसिमको मनोरन्जन गर्न सकुन भनेर आकर्षण बढाउन यि जनवारहरु ल्याउन लागिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताएकाछन् ।
महोत्सव समितिका संयोजक राजन दंगालका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा आकाशबाट दमक नियाल्न तथा पाथिभरा दर्शनका लागि हेलिकप्टर शयरको ब्यवस्था समेत मिलाईएको दंगालले जनाए ।










