त्रिभुवन विश्वविद्यालयले ४३ औं दिक्षान्त समारोह मनाएको छ ।

राजधानीमा एक समारोह आयोजना गर्दै विश्वविद्यालयले अध्ययन संस्थान तथा सङ्काय अन्तर्गतका ६० आङ्गिक र १ हजार ५८ वटा सम्वन्धन प्राप्त क्याम्पसहरुबाट ८ हजार २ सय ६७ विद्यार्थीलाई दीक्षित गराएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दीक्षित भएका विद्यार्थीहरुले विश्वसमाजमा प्रतिशस्पर्धी र अब्बल भएर प्रमाणित गरेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा विश्वविद्यालयका उप–कुलपति डा. तिर्थ खनियाँले नेपालमा शिक्षाको स्तर बढेको र यसमा त्रिभुवन विश्वविद्यालयले ठूलो योगदान गरेको बताँउदै विश्वविद्यालयलको केन्द्रीय क्याम्पस कीर्तिपूरमा प्रविधिको प्रयोगलाई बढाई इन्टरनेट मार्फत अनलाईन शिक्षाको शुरुवात गरिएको जानकारी दिए ।

समारोहमा कुलपति एवं प्रधानमन्त्री, उप कुलपति, शिक्षा मन्त्री र प्रमुख अथितिको रुपमा जवहरलाल नेहरु विश्वविद्यालयका कुलपति डा. एम. जगदिश कुरमारको उपस्थित थियो ।

विश्वविद्यालयबाट आफ्नो पढाई सक्दै विदाइ हुन पाएकोमा दीक्षित विद्यार्थीले खुसी व्यक्त गरेका थिए ।

साथै सवालनेपालका निर्देशकका भाई मीलन बाबु पौडेललाई हार्दिक शुभकामना व्याक्त गर्न चाहन्छौ।