काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिए नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् ।
अब आयोग पदाधिकारी र एमालेमाओवादी नेताहरु बीच भेट हुन लागेको हो ।
आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने दाबी गरेको छ ।
पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु अपराह्न आयोग जाने बुझिएको छ ।
आयोग पदाधिकारीलाई कसैको दबाबमा नपर्न र समानुपातिकको परीणाम सार्वजनिक गर्न आग्रह गरिने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।










