झापाको दमकमा पनि भब्य रुपमा टोपी दिवस मनाइएको छ । जिबन चक्र समाज नेपालको आयोजनामा दमक चोकमा टोपी दिवसको अवसरमा कार्यक्रम गर्दै टोपी दिवस मनाईएको हो ।

टोपी दिवसको अवसरमा दमक उद्योग बाणिज्य संघका दितिय उपाध्यक्ष युवराज घिमिरे, डा. लेखनाथ न्यौपाने, धार्मिक गूरु तथा ज्योतिष चक्रपाणि गौतम लगायतले टोपीको महत्व बारे बोलेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिबन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतमका अनुसार प्रत्येक बर्ष आफूहरुले दमकमा टोपी दिवस मनाउने अभियान शुरु गरेको र यो बर्ष पनि मनाईएको बताए । नेपालीहरुको पहिचान टोपीमा पनि रहेको उनको भनाइ थियो ।