नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताको लागि नयाँ विकल्प अघि सारेका छन् ।

उनले पदीय व्यवस्थापनमा समस्या देखिएकोले प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अभिभावकीय भूमिका निर्वाह गर्ने र पार्टी नेतृत्व र अब बन्ने सरकारको नेतृत्वको लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने विकल्प अघि सारेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार उनले अनौपचारिक रुपमा यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । नेता भट्टराईले पार्टी अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधव कुमार नेपाललाई दिनुपर्ने र प्रधानमन्त्रीमा महासचिव ईश्वर पोखरेललाई अघि सार्नुपर्ने धारणा राखेका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला योगेशको यस्तो धारणा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले सरकार गठन अगावै पार्टी एकता हुने धारणा राखेका छन्। तर ओली प्रधानमन्त्री बनाउने कुरामा करिब करिब दुवै पार्टीका नेताहरुको सहमति भएपनि अध्यक्षमा प्रचण्डलाई स्विकार्न एमाले नेताहरु तयार नभएको देखिएको छ । यसले गर्दा एकतामा ढिलाई भैरहेको सूत्रहरुको दाबी छ । रिपोटर्स नेपाल बाट