माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नै यादवले आफूले बढिमा तीन दिन भित्र प्रक्रिया अनुसार समानुपातिक बिजयी साँसदहरुको नामवली राष्ट्रपतिलाइ बुझाउने बताएको स्मरण गर्दै अहिले त्यो ढिलाइ गरेको रहस्य उनले खुलाएकाहुन् ।
विष्णुप्रसाद पोखरेल दमक/पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले प्रमुख निर्वाचन आयुक्तले आफूहरुलाइ ठाँटेको र बेइमान गरेको रहस्य खोलेकाछन् ।
एकसाता अघि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नै यादवले आफूले बढिमा तीन दिन भित्र प्रक्रिया अनुसार समानुपातिक बिजयी साँसदहरुको नामवली राष्ट्रपतिलाइ बुझाउने बताएको स्मरण गर्दै अहिले त्यो ढिलाइ गरेको रहस्य उनले खुलाएकाहुन् ।
सोमबार विहान प्रेस चौतारी र प्रेस सेन्टर झापाले दमकमा गरेको पत्रकार सम्मेलनमा नेम्बाङले परिणाम ढिलाइ बारे जिज्ञासा राख्दा यादवले ३ दिन भित्र परिणाम आउने बताएपनि अहिलेसम्म नआउनु संविधान, कानून र अन्तराष्ट्रिय मान्यताहरु बिपरीत भएको बताए ।
यादव अहिले एकाएक परिवर्तन भएको बताउदै यो बुझ्न नसकिएको नेम्बाङको भनाइ थियो । निर्वाचन परिणाम रोक्न नमिल्ने र तत्काल बिजेता साँसदहरुको नाम सार्वजनिक गरिनु पर्ने उनको भनाइ थियो ।
सरकार र निर्वाचन आयोगको मिलेमतोमा जनादेशको अपमान भएको पनि नेम्बाङको आरोप रहेको थियो । नयाँ जनादेश आएपछि बधाइ दिदै मार्ग प्रशस्त गर्नु पर्नेमा प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार छाड्न नमान्नु लोकतान्त्रिक आचरण बिपरीतको कार्य भएको आरोप नेम्बाङले लगाए ।
उनले भने–‘जनादेश बिपरित सरकार र निर्वाचन आयोगको व्यवहार लोकतन्त्रका लागि सुहाउदो छइन ।’ बिभिन्न वहानमा निहुं खोजेको भन्दै जनादेशको अपमान नगर्नका लागि नेम्बाङले आग्रह पनि गरेकाछन् ।










