
२०७४, पौष १८ गते मंगलबार, पौष शुक्ल पूर्णिमा, आद्र्रा नक्षत्र, ब्रहृमयोग, मिथुनमा चन्द्रमा, माघस्नानारम्भ
मेषः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ ।
वृषः दिन अनुकूल रहनेछ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर निकै स्वस्थ हुनेछ ।
मिथुनः दिन भाग्योदयकारक रहनेछ । आँटेको काम सजिलै सम्पन्न हुनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ ।
कर्कटः दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रा बढ्नेछ । हरेक काममा संयम रहनु नै बेस हुनेछ ।
सिंहः दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । बौद्धिक काम हुनेछ । अमात्मबल बढ्नेछ । मन प्रसन्न रहनेछ । महिलाका तर्फबाट लाभ हुनेछ ।
कन्याः दिन अनुकूल रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ । निर्णय क्षमता बढ्नेछ ।
तुलाः दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । अरुबाट सहयोग पाइनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर पनि स्वस्थ हुनेछ ।
वृश्चिकः दिन प्रतिकूल रहनेछ । अनिष्ट समाचारले मन विथोल्नसक्नेछ । मानसिक तनाव पैदा हुन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
धनुः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । रमाइलो गरिनेछ । व्यापार व्यवसाय बढ्नेछ ।
मकरः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम बन्नेछ । दीर्घकालीन कार्ययोजनाको तय हुनेछ । मावलीबाट सहयोग मिल्नेछ ।
कुम्भः दिन उचित खालको रहनेछ । स्वास्थ्य सबल हुनेछ । प्रतिस्पर्धामा काम बन्नेछ । बौद्धि काम हुनेछ । निर्णय क्षमता बढ्नेछ ।
मीनः दिन प्रतिकूल रहनेछ । आग्रह र सन्त्रासले कार्यमा बाधा पार्न सक्नेछ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ । इष्र्या बढ्नेछ ।



