दमक जेसिजको आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुदैछ । अध्यक्षमा दाबी धेरैको रहेको अवस्थामा चन्द्र खत्री, भीमराज केसी र बद्रि बरालबीच सहमति खोज्ने प्रयास भइरहेको बताईएको छ ।
निर्वाचन भएको अवस्थामा खत्री र केसी वा बराल एक उम्मेदवार बन्ने जेसिज श्रोतको भनाइ रहेको छ । निर्वाचन नै हुने अवस्था देखिएको निर्वाचन समितिका एक सदस्यले बताएकाछन् ।
यसैगरी पत्रकार मञ्च दमकको नयाँ नेतृत्व चयन प्रक्रिया रोकिएको छ । प्रेस चौतारीले सदस्य समेत सहभागि हुन नसक्ने गरी निर्वाचन तालिका ल्याएको भन्दै समितिको ध्यानकर्षण गराएको थियो । केहि समय मिति सार्न चौतारीले माग गरेको जनाइन्छ ।
लगतै प्रेस यूनियन, संघीय प्रेस फोरम र संघीय पत्रकार यूनियनले संयुक्त रुपमा निर्वाचान समितिलाई पत्र बुझाउदै आफूहरु प्रक्रियामा सहभागि नहुने जनाएपछि निर्वाचन प्रक्रिया रोकिएको बताइन्छ । समय सार्ने कामको अरु संगठनले बिरोध जनाउदै निर्धारीत समयमा गर्न माग गरेका थिए ।










