नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आउदा बिरामी परेका छन्। ओली बिरामी परेपछि कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएनन्।
स्रोतका अनुसार सोमबारदेखि ओलीलाई झाडा पखाला लागेको भएपनि ओलिले घरमै औषधि लिइरहेका छन्। चिकित्सकहरुले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन्।
ओलिलाई चिकित्सकले सार्वजनिक कार्यक्रम र भिड्भाडमा नजान सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीलाइ झाडापखाला लागे पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली निवास वालकोटस्थित पुगेका थिए ।










