दमक/ दमक जेसिजको नयाँ नेतृत्वको दाबी पेस गरेका दूइजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन् । अध्यक्षका उम्मेदवार भीमराज केसी र गोपाल गुरागाइले अध्यक्षको दाबेदारी फिर्ता लिएका हुन् ।

सहमति र सहकार्यका लागि आफूहरुले यो पटक अध्यक्षको दाबेदारी छाडेको ककसमा घोषणा गरेका थिए । जेसिजमा ककसमा आफ्ना प्रतिबद्धताहरु राख्न सकिन्छ र उम्मेदवारी फिर्ता तथा कायमको जानकारी गराइने गर्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समयदेखि जेसिजका बिभिन्न पदहरुमा रहेर काम गरेका केसी र गुरागाइ दुबैले आउदो बर्ष भने आफ्नो दाबी रहने बताएकाछन् । अध्यक्षमा ४ जनाको दाबी रहेको थियो ।