काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । उनलाई झाडापखाला लागेको भक्तपुर वालकोटस्थित नीजि सचिवालयल जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन यतादेखि एमाले अध्यक्ष ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागि भएका छैनन् । झाडापखालाले शरिर कमजोर भएपछि ओलीलाई हिड्डुल गर्न समस्या भएको हो । उनको नियमित स्वास्थ्य जाँचका लागि तीन जनाको चिकित्सक टोली सक्रिय छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिकित्सकले केहि दिन सार्वजनिक कार्यक्रम र भिड्भाडमा नजान सुझाव दिएका छन् । एमाले अध्यक्ष ओली विरामी परेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वालकोटस्थित ओली निवास पुगेका थिए । विरामी परेपछि ओली केहि दिन यतादेखि निवासमा नै आराम गरिरहेका छन् ।

ओली विरामी परेपछि दलीय छलफल प्रभावित भएको छ भने एमाले माओवादी केन्द्र पार्टी एकता प्रकृयाको काम पनि सुस्त भएको छ । तर, यता आवश्यक छलफलका लागि भने नेताहरु ओली निवासमा नै पुग्ने गरेका छन् ।