काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई कांग्रेसबाट अनपेक्षित सहयोग भएको बताएका छन् ।

‘दुई पार्टीबीच वाम गठबन्धन हुँदा एमाले र माओवादी कार्यकर्ता र भोटर अलमलमा थिए । एमालेका कार्यकर्ता हसियाँ हतौडामा भोट हाल्ने र माओवादी कार्यकर्ता सूर्यमा भोट हाल्नेमा अलमलमा थिए । साच्चिकै पार्टी एकता हुन्छ ? चुनावपछि फेरि झगडिने हुन की भन्ने आशंका र प्रश्न दुबै पार्टीका कार्यकर्तामा थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, त्यही बेला हाम्रो पार्टीका नेताहरुले अब कम्युनिष्ट सरकार बन्छ, रुन पनि पाइँदैन्, ५० वर्ष सरकार चलाउँछन्, देश कम्युनिष्टमय हुन्छ भन्ने अभिव्यक्तिले ए साँच्चिकै पार्टी एकता हुनेभयो । अब हामीले स्थिर सरकार पाउनेभयौ भन्ने म्यासेज गयो र एमाले कार्यकर्ता माओवादीमा र माओवादी कार्यकर्ता एमालेको सूर्य चिन्हमा भोट हाल्न तयार भए ।

यसरी वाम गठबन्धनको अनपेक्षित जितलाई कांग्रेसले योगदान गर्यो,’ कान्तिपुर टेलिभजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा पत्रकार भुषण दाहालसँग कुरा गर्दै गगनले भने ।

उनले वाम गठबन्धनले जनमत पाइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । नेतृत्व परिवर्तन आजको आवश्यक भन्दै गगनले विश्राम लिन र अभिभावकको भुमिका निर्वाह गर्न पार्टीको पहिलो पुस्तालाई आग्रह समेत गरे ।

https://youtu.be/Te2AsOCmZ1M