दमक/दमक जेसिज सन् २०१८ को अध्यक्षमा चन्द्र खत्री बिजयी भएकाछन् । अर्का उम्मेदवार बद्रि बराललाइ फराकिलो मतान्तरले खत्री अध्यक्ष बनेकाहुन् । केहिबेर अघि आएको मत परिणाम अनुसार खत्री बिजयी भएकाहुन् ।

एक दशक अघिदेखि निरन्तर रुपमा दमक जेसिजमा सक्रिय भूमिका खेल्दै आएका खत्री दमकमा लोकप्रीय युवा हुन् । सामाजिक रुपमा अग्रसर खत्रीले जेसिजमा अधिकाँश पदहरु सम्हालिसकेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्तिम समयसम्म सर्वसम्मतको प्रयास भएपनि हुन सकेको थिएन । अध्यक्षका उम्मेदवार भीमराज केसी र गोपाल गुरागाइले भने ककसमा अर्को बर्षलाइ उम्मेदवारी घोषणा गर्दै छाडेका थिए ।