नेपालमा सेक्स टुरिजमको सम्भावना
स्थानीय तहको पहिलो चुनाव ताका निर्वाचनको एजेण्डामा पोखरालाई सेक्स टुरिजमको सम्भावानको शहरका रुपमा चित्रित गरेको बिषय बिवादमा प¥यो । एमाले नेता एव यूवा संघका केन्द्रिय अध्यक्ष राजिव पहारीले पोखरालाई सेक्स टुरिजमको सम्भावाना भएको शहरको रुपमा चित्रण गरेको भन्दै सामाजिक सञ्जालमा यसको तिब्र आलोचना भयो ।
आफु पोखरा महानगरको मेयर बन्ने चर्चाकाबीच पहारीले दिएको अभिव्यक्तीमाथी तीब्र आलोचनापछि पहारीले यसको खण्डन त गरे तर नेपालको तीब्र विकाससँगै सेक्स टुरिजमको सम्भावानाको बहसलाई ओझेलमा पार्न नहुने तर्क गरे । लुकिछिपी बढेका यस्ता गतिबिधीका कारण समाजमा बिकृती बिसंगती बढ्ने भएकाले यसलाई व्यवस्थित गर्न पनि यसको दिर्घकालिन व्यवस्थान हुनुपर्ने पहारीको भनाई थियो । यसो त नेपालमा सेक्स टुरिजमको सभ्भावानाका बहसको थालनी यहि पहिलो भने थिएन ।
तत्कालिन पर्यटनमन्त्री शरतसिंह भण्डारीले मन्त्रीमा वहाल रहेकै बेला एक कार्यक्रममा नेपालमा सेक्स टुरिजममार्फत पर्यटनक्षेत्रको विकास गर्ने बताएका थिए । भित्रभित्रै भुसको आगोझै मौलाउदो यौनव्यवसायलाई बैधानिकता नदिदाँ पर्यटन क्षेत्रको अपेक्षकृत विकास हुन नसकेको चर्चा पर्यटन व्यवसायीहरुले धेरै पहिले देखि चलाउदै आएका छन । नेपालको फितलो कानुनी व्यवस्थाका कारण झण्डै ४० बर्ष पहिलेदेखी रत्नपार्क र सुन्धारामा सिमित यौन व्यवसाय अहिलेपनि राजधानी काठमाण्डौ, यसआसपासका क्षेत्र सँगै पोखरा धरान नारायणगढ लगायत शहरहरुमा हुने गरेका छन ।
बिदेशबाट नेपाल घुम्न आउने धेरै पर्यटकहरु यस्ता गतिबिधीमा संलग्न हुने गरेका तथ्य बेला बेला सार्वजनिक हुने गरेका छन । काठमाण्डौ छेउछाऊ भक्तपुरको कटुञ्जे, सिपाडोल तथा मेलम्ची, गोदावरी पनौति, साँखु, नगरकोट, धुलिखल, फुलचोकी लगायतका क्षेत्र र काठमाण्डौ बाहिर धरान पोखरा, लगायतका पर्यटकिय स्थलमा अवैध रुपमै यस्ता गतिविधीमा पर्यटकहरु संलग्न हुने गरेका अपुष्ट समाचारले नेपालमा सेक्स टुरिजमको सम्भावानाको बहसलाई थप बल पुगेको छ । तर नेपालको फितलो कानुन, यहाँको सामाजिक साँस्कृतिक एव बिद्यमान धार्मिक व्यवस्थाले नेपालमा सेक्स टुरिजमको सम्भावानाको बहसलाई मत्थर पादै आएको छ ।
के हो सेक्स टुरिजम, कसरी सम्भव छ नेपालमा ?
सेक्स टुरिजम विश्वबजारको सबैभन्दा बढि बिवादित र चर्चित व्यवासय हो । पर्यटकीय सम्भावानाका मुलुकहरुमा आन्तरिक तथा बाह«य पर्यटयलाई यौनआनन्द प्रदान गर्ने बैध व्यवसाय सेक्स टुरिजमका रुपमा व्याख्या गरिन्छ । विश्वबजारमा यसलाई विदेशी पर्यटकको सम्भावानालाई मध्येनजर गरि बैधानिक यौनव्यवसायमार्फत यौन सन्तुष्टि प्रदान गर्ने व्यवस्थासहितको पर्यटनरुपमा चित्रित गरेको पाईन्छ । उमेर पुगेका यूवायूवतीमार्फत यौन सन्तुष्टि प्रदान गर्न महत्वपूर्ण पर्यटकिय क्षेत्रको निश्चित स्थानलाई रेडलाईट एरियाको रुपमा तोकेर बैधानिक यौनव्यवास सञ्चालन गर्ने व्यवस्थासहित अभ्यास विभिन्न देशहरुमा हुदै आएको छ ।
राज्यको नियन्त्रित मापदण्डभित्र रही प्रचलित समाजिक पद्धती धर्म सस्कार, परम्परामा ठेस नपुग्ने गरि सञ्चालित सेक्स टुरिजम अहिले विश्वका धेरै मुलुकमा फस्टाईरहेको छ । बिश्वबजारमा मौलाउदै गएको यौन पर्यटनको देखासिकीबाट हौसिएका नेपालका पर्यटन व्यसायीले समेत पर्यटन क्षेत्रको अपेक्षित विकासका लागी दक्षिण एसियामा नेपाललाई पनि थाईल्याण्ड श्रीलंका जस्ता मुलुकहरु सँग जोडेर हेर्न थालेका छन । त्यसो त अहिले थुप्रै नेपाली चेलीहरु भारतको मुम्बई, चीनको तिब्बत, खासा, केरुङ लगायत थुप्रै ठाउमा यही पेशामा संलग्न भएका खवरहरुपनि नियमित सुन्न पाईन्छन् ।
अर्थविदहरुका अनुसार नेपालमा यौँन पर्यटनालाई कानुनी मान्यता नदिएकाले देशको अर्थतन्त्रमा प्रत्यक्ष आम्दानी जोडिन नसकेका तर्कहरुलाई आत्मासाथ गदै नेपालमा सेक्स टुरिजमको सम्भावानाका बहसहरु चुलिन थालेका हुन । यिनै प्रभावका कारण अहिले नेपालका काठमाडौँ, पोखरा, विराटनगरजस्ता केही मुख्य शहरमा यौन व्यवसाय प्रतिबन्धित भएपनि लुकिछिपि यस्तो धन्दालाई नियन्त्रण भने गर्न सकेको देखिदैन । नेपालमा प्रशस्त पर्यटकिय सम्भावाना छन । यद्यपी यि असिमित सम्भावानाकाबीच सेक्स पर्यटनको चर्चा खास सान्द्र्धभिक नभएपनि प्रकृतिले यौन व्यवासायलाई आफैमा यो व्यासायलाई नेपालमा समेत व्यापक बनाउदैछ । यस्तो अवस्थामा राज्यले यसलाई बैधता दिदाँ वा नदिदाँपनि यो व्यवसाय भुसको आगोझै फैलिदैं गएको बताउनुहुन्छ ठमेल पर्यटन परिषदका पूर्वअध्यक्ष तेजेन्द्र नारायण श्रेष्ठ । यसको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका हुनसक्ने भएपनि बिद्यमान अवस्थामा नेपालका हजारौ पर्यटकीय सम्भावानालाई छाडेर सेक्स टुरिजमको बहस थाल्नु उपयुक्त नहुने श्रेष्ठको तर्क छ ।
विश्वबजारमा सेक्स टुरिजम र यसको अवस्था ।
सेक्स टुरिजम अर्थात यौन पर्यटनको अवस्था अहिले विश्वबजारमा मौलाउदो छ । पर्यटन व्यसायसँग जोडेर मौलाउदै गएको यो व्यसायको पछिल्लो समय विश्व अर्थतन्त्रमा समेत दह्रो उपस्थीति छ ।
केही वर्ष अघिसम्म थाईल्याण्डमा प्रचलित र उर्वर देखिएको यौन पर्यटन अहिले विश्वका झण्डै ४६ भन्दा बढि मुलुकमा बैध धन्दाका रुपमा स्थापित भईसकेको छ । प्राप्त तथ्याङकअनुसार दक्षिण एसियाली मुलुकहरुमा थाईल्याण्ड र श्रीलंकामा यौन पर्यटन व्यसाय मौलाईरहेको छ । यसबाहेक यूरोप अष्ट्रेलियाका केही स्थानका साथै दक्षिण अमेरिकाको ब्राजिल, क्यारेवियन मुलुकहरु, डोमिनिकन रिपब्लिकन, क्यूवा अनि मध्य अमेरिकी मुलुक कोष्टारिका अष्ट्रिय भियतनाम र चाईनामा समेत यो व्यसाय मौलाउदो छ । यसक्रममा नेदरल्याण्डको आर्मस्टरडम, थाईल्याण्डको बैंकक, पताया, मेक्सिकोको जोना नोर्ट सिंगापुरका केलाङ, अष्ट्रियाको भियाना जस्तै रेडलाईट शहरहरु विश्वका धेरै मुलुकमा स्थापित भईसकेका छन । जसामार्फत दैनिक लाखौको कारोबार गदै आएका छन ।
यौन पर्यटनमा पछिल्लो समय सबैभन्दा बढि क्रियाशिल अर्थतन्त्रमा ठुलो योगदान राख्ने मुलुक थाईल्याण्ड हो । देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा यौन पर्यटनले धानेको थाईल्याण्ड यौन उदारबादको हिसावले जति उदार छ, कानुनत त्यत्तिकै कडा पनि । खुला क्रियाकलापलाई मान्यता भएपनि महिलाको असहमतिमा हुने यौनकार्यमा पुरुष दण्डित हुने व्यवस्थाले यौनव्यवसायमा संलग्न महिलाहरु समेत बढि सुरक्षित महशुस गर्ने गरेका छन ।
महिला्सँग पुरुष यौनव्यवसायी समेत सक्रिय हुने थाईल्याण्डमा विभिन्न मुलुकबाट आउने पर्यटकहरुलाई यौँन सन्तुष्टि दिएवापत पुरुषले एकपटकमा ६ देखी ८ सय भाट लिने गरेका छन् भने महिलाले भने २५० देखी १ हजारसम्म लिने गरेका छन । थाईल्याण्डको पुर्वी क्षेत्रमा पतायाको व्यस्त सडक पछिल्लो समय महिला यौनकर्मीका कारण भन्दा बढि पुरुष यौनकर्मीको पुरुषत्व बिक्रीका कारण बढि चर्चित छ । अमेरिकी युरोपेली र अफ्रिकी मुलुकबाट पर्यटकहरु यौन आनन्द लिन र दिन पुग्ने क्रम बढेपछि थाईल्याण्डको यौनबजार मजवुत बन्दै गएको पर्यटन व्यवसायीहरु बताउछन ।
यौनकर्मीहरुको संगठन स्विङमार्फत यौनव्यासाय गर्ने थाई यौनकर्मीहरुले बिदेशी ग्राहकलाई नजाँनिदो अग्रेजी भाषामा आफुतिर आर्कषित गर्ने प्रयास गर्दछन । यसैगरि हाँसिला र फुर्तिला पुरुष यौनकर्मी भने अग्रेजी फ्रेन्च स्पेनिज भाषामा समेत पोख्त हुन्छन । उनिहरुले अन्य मुलुकबाट एक्लै घुम्न आउने महिला पर्यटकहरुलाई होटल तथा रेष्टुरेण्टमा भेटेर पट्याउने र यौन सन्तुष्टि दिएबापत पैसा असुल्ने गरेका छन् ।
यसकारण फस्टाउदैछ विश्वबजारमा यौन पर्यटन
विश्वका विभिन्न देशका पर्यटकहरु अर्को देशमा भ्रमणका लागी जानुको मुख्य कारण फरक फरक व्यक्तिसँग फरक रुपमा यौँन सन्तुष्टी लिने भएको विभिन्न अध्ययनहरुले देखाएको छन । प्राप्त तथ्याङक अनुसार यस्तो गर्नेमा महिला र पुरुषको संख्या बराबरी जस्तो देखिन्छ । यौनका पारखीहरु नयाँ नयाँ ठाँउमा पुगेर नयाँ स्वादको यौनान्द लिन चाहान्छन ।
नयाँ ठाँउमा कसैले नचिन्ने भएकोले गोपनिय सम्बन्धका लागी समेत अर्को देशमा पुगेर यौनआनन्द लिन रुचाउछन । यसबाहेक खासगरि युरोप अमेरिका अष्ट्रेलिया बेलायत लगायतका देशबाट थाईल्याण्ड श्रीलंकाजस्ता देशमा पुग्दा त्यहाँको यौनबजार सस्तो भएकाले पनि उनिहरुको आर्कषण यस्ता देशहरुमा हुने गरेको देखिन्छ । यसैगरि गरिब मुलुकहरुमा देहव्यापारसम्बन्धी हुने फितलो कानुनले बाल यौँनदुराचार प्रति मोह राख्नेहरुसमेत यौन पर्यटकको रुपमा अविकसित तथा अल्पविकसित देशहरुमा जाने गरेका छन । जुन सेक्स टुरिजमको सबैभन्दा नकारात्मक पक्ष हो ।
नेपालसँग खुला सिमा भएको छिमेकी मुलुक भारतमा समेत देहव्यापारलाई कानुनी मान्यता दिएकाले धेरै नेपाली चेलीहरु समेत यस धन्दामा संलग्न रहदैं आएका छन । तर भारतमा हुनै यौन व्यापारमा धेरै नेपाली चेलीहरुलाई अवैध रुपमा प्रयोग गरिएको भएपनि यसको नेपाली अर्थव्यापारमा भने कुनै सम्बन्ध छैन । तर यसरी विश्वबजारसँगै छिमेकी भारतमा हुदै आएको खुलेआम यौनव्यासाबाट नेपालका पर्यटन व्यवसायीले समेत नेपालमा यौनपर्यटनको बहस चलाउने गरेका छन । यद्यपी नेपाली समाज फितलो कानुन कार्यन्यवनको अवस्था, बहुसङख्यत नेपालीको सामाजिक, साँस्कृतिक तथा धार्मीक मान्यताका कारण नेपालमा यौन पर्यटनको सम्भावाना न्युन रहेको सामाजिक अभियान्ता एंव अधिकारकर्मीहरुको जिकिर रहदैं आएको छ ।
नेपालमा खुल्ला यौनबजार र सेक्स टुरिजमको असर
नेपालको सन्द्र्धभमा पछिल्लो समय लुकिछिपी हुने यौनव्यवसाय भुसको आगो झै फैलदै गएकोमा दुईमत छैन । तर विदेशीको सिको गदै नेपालमा यौनव्यासायलाई मान्यता दिने र यौन पर्यटनको विकास गर्ने बिषय तत्काल सम्भव देखिदैन । यौन पर्यटनका नाममा अहिले लुकिछिपी भईरहेका यस्ता गतिबिधीले बिभिन्न बिकृति बिसंगती भित्रिएको सरोकारवालाहरु बताउछन ।
पहिलो त नेपालको फितलो कानुन र कमजोर कार्यन्वयन गर्ने संयन्त्रका कारण नेपालजस्तो मुलुकमा यसले थप अपराधिक गतिबिधी बढाउने देखिन्छ । यसबाहेक यौनकर्मी महिलाको असुरक्षा, बाल यौन दुराचार लगायतका संवेदनशिल बिषयका कारण समेत सेक्स टुरिजमको क्षेत्रमा चुनौती थपिने निश्चित छ । टिभी अन्नपूर्ण ड्ट कम बाट










