दमक/दमक जेसिजको सन् २०१८ का लागि नयाँ नेतृत्व चयन भएको छ । मंगलवार भएको निर्वाचन प्रक्रिया अनुसार अध्यक्षमा चन्द्र खत्री, कार्यकारिणि उपाध्यक्षमा कमल कट्वाल र मुकेश अग्रवाल निर्वाचित भएकाछन् ।

यसैगरी उपाध्यक्षमा रमेश लुइटेल, गंगादेबी ढकाल, बिनोदकुमार मिश्र र राजकुमार अग्रवाल निर्वाचित भएकाछन् । यसैगरी तालिम निर्देशकमा सन्दीप न्यौपाने र जनसम्पर्क अधिकारीमा निरज आचार्य निर्वाचित भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक जेसिजका निर्वाचन समितिका संयोजक रेगिना भट्टराइका अनुसार अध्यक्ष र उपाध्यक्षमामात्र निर्वाचन भएको थियो भने बाँकी पदहरुमा सर्वसम्मत भएको थियो । अध्यक्षमा खत्रीले बद्रि बरालसंग जित हासिल गरेकाहुन् ।

अब अध्यक्षले महासचिब, कानूनी सल्लाहाकार, सचिब, प्रकरण निर्देशक लगायतका पदहरुमा आफै मनोनयन गरेर दमक जेसिजको बोर्डलाइ पूर्णता दिनेछन् ।

खत्रीले अध्यक्षको दौडबाट आफ्नो नाम फिर्ता लिएका गोपाल गुरागाइ, भीमराज कटवाल लगायतलाइ बोर्डमा नियुक्त गर्न सक्ने सम्भावाना रहेको छ । खत्रीले सबैसंग सल्लाह गरेर अघि बढ्ने जनाए ।