दमक/झापाको बिर्तामोड स्थित मु्क्ती चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । झापाको बिर्तामोडमा एकै बिहानै भएको सवारी दूर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।

झापा हल्दीबारकी लक्ष्मिमाया कन्दवाको सडक दूर्घटनामा परेर मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कन्दवालाई घेराबारीबाट विर्तामोड आउदै गरेको मे १ ख १७२२ नम्बरको यात्रु बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

बसले ठक्कर दिएपछि गम्भिर घाइते उनलाइ उपचारका लागि अस्पताल पुर्याउन साथ मृत घोषणा गरिएको बताइएको छ ।