दुई सन्तानकी आमा सेल्वा हुसैन अहिले ३९ वर्षकी भएकी छन् । गत जुलाईमा ह्दयघात भएपछि सेल्वालाई अस्पताल भर्ना गरिएको थियो । उनको ज्यान बचाउनका लागि शरीरभित्र कृत्रिम मुटु राख्नु पर्ने डाक्टरले बताएका थिए ।

सेल्वाका श्रीमान अल डाक्टरको सुझावसँग तत्काल सहमत भए । डाक्टरले ६ घण्टाको अपरेशनपछि उनको काम नलाग्ने मुटुलाई निकालेर कृत्रिम मुटु राखिदिए । यसका लागि उनले १ लाख १६ हजार अमेरिकी डलर खर्च गर्नुपरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्लास्टिकका च्याम्बर भएको कृत्रिम मुटु सेल्वाको छातिभित्र राखिएको छ । यसलाई सञ्चालन गर्न चाहिने यन्त्र भने बाहिर नै झोलामा छ । ब्याट्रीबाट चल्ने पम्प र इलेक्ट्रिक मोटर भएको यो यन्त्रले पाइपमार्फत मुटुमा हावा पुर्याउँछ र उनको शरीरमा रक्त सञ्चार हुन्छ ।

अहिले सेल्वालाई कुनै समस्या छैन । सर्जरीपछि फिट हुनका लागि उनलाई केही समय लागेको थियो । तर अहिले जहाँ जाँदा पनि त्यो झोला बोकेर हिड्छिन् । आफूलाई बचाउने अस्पताल र डाक्टरप्रति सेल्वा निकै आभारी छन् । ‘उनीहरुको अपनाएको उपायले म अहिले बाँचिरहेकी छु र नयाँ वर्ष मनाउन पाउने भएकी छु । यसका लागि अस्पताल र डाक्टरप्रति निकै आभारी छु,’ सेल्वाले भनिन् ।

गर्भावस्थाका बेला हुने कार्डिओमाइओप्याथीका कारण सेल्वालाई ह्दयघात भएको थियो । उनी बेलायतमा ह्दयघात भएपछि कृत्रिम मुटु प्रयोग गर्ने दोस्रो व्यक्ति हुन् । यसअघि ५० वर्षीय एक जना पुरुषलाई सन् २०११ मा उनलाई झैं कुत्रिम मुटु राखिएको थियो