दमक जेसिजको सन् २०१८ को अध्यक्षको प्रत्यासी बनेर चन्द्र खत्रीसंग पराजित बनेका बनेका बद्रि बरालले आफूले चुनाव नजितेपनि जेसिजहरुको मन जितेको बताएकाछन् ।

उनले आफूले जेसिजको नेतृत्व गर्न भनेर भोट हाल्नमात्र सदस्य नबनाएको र जेसिजका सक्रिय सदस्यहरुको मत पाएको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले जेसिज बिधिको शासनमा विश्वास गर्ने भएकाले बिजेत खत्रीलाइ सहयोग गरेर जाने र जेसिज अभियानमा निरन्तर लाग्ने पनि प्रतिबद्धता जनाए ।

वराल लामो समयदेखि दमक जेसिजमा सक्रिय रहदै आएकाछन् । उनले महासचिब लगायतका महत्वपूर्ण जिम्मेवारी समेत समालीसकेकाछन् ।