दमक/झापाको दमकमा पुस २७ गतेदेखि शुरु हुन लागेको दमक महोत्सवको भब्य तयारी अन्तिम चरणमा पुगेको छ । दमकमा सम्झनायोग्य महोत्सव बनाउनका लागि बिभिन्न तयारीहरु भइरहेको पाईएको छ ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार दमक महोत्सवको उद्घाटनमा हेलिकप्टरबाट पुष्पबृष्टि समेत गर्ने तयारी रहेको छ । हेलिकप्टरबाट दमकबासी तथा महोत्सवमा आउने दर्शकहरुले दमक समेत हेर्न पाउनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महोत्सवको तयारीका लागि गठित उप समितिहरुले समेत आफ्ना कामहरुलाइ तिब्र बनाइ रहेकाछन् । सास्कृतिक उप समितिका संयोजक बिमल नेपालका अनुसा सास्कृतिक कार्यक्रमहरुको भब्य तयारी भइरहेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगालका अनुसार महोत्सवमा घोडा, हात्ति, उँटको शयरको ब्यवस्था समेत मिलाइने छ । यसको सबै तयारी पुरा भइसकेको छ ।