काठमाडौं ।पछिल्लो समय नेपाल बाहिर बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा अनवरत लाग्ने व्यक्तिहरु बढ्दै गएका छन् । त्यसमध्ये एक हुन् सुमधुर स्वरकी धनि गायिका ‘अबुन पाण्डे’ । गायिका पाण्डेले आफ्नै शब्दमातथा स्वरमा ‘गोरेटो’ गीतको म्युजिक भिडियो सार्बजनिक गरेकी छिन ।

भिडियोलाई अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न रमणीय स्थानमा अष्ट्रेलियनप्राबिधिकहरुद्वारा अत्याधुनिक ‘ड्रोन’को प्रयोग गरि छायांकन गरिएको थियो । जसको निर्माणको क्रममा निर्देशक जीवन रसाइली सहितको टोलीले २÷३ दिनलगातर मिहेनेत गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिलो समय नेपालका चर्चित गायकहरुलाई आफ्नो संगीतमा गीत गाउन सफल संगीतकार टिका दाहालले यस गीतमा संगीत गरेका छन् भने निकै व्यस्त रहँदै आएका मोडल ‘राजु कान’ले अभिनय गरेका छन् ।

अन्तरराष्ट्रिय नेपालीकलाकार समाज ‘कुइन्स ल्याण्ड’ अष्ट्रेलियाकाप्रमुख समेत हुन । उनलाई भर्खरै मात्र डेब्यु गरेकी नयाँ अनुहारकी मोडल ‘इरोमा श्रेष्ठ’ले साथ् दिएकी छिन ।‘गोरेटो’को निर्देशन अस्ट्रेलियामा आजकलअतिब्यस्तमानिने निर्देशकजीवन रसाइलीले गरेकाहुन् ।