राजनीतिक विश्लेषक हुन् डा.सुरेन्द्र केसी। माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दैं केसीले बाम एकता हुन्छ भनेर पत्याउनु नै कमजोरी भएको बताए। राजनितीमा जे भनिन्छ त्यो गरिदैन र जे गरिन्छ त्यो भनिदैंन।

केसीले बाम गठबन्धन हुन्छ भन्नेमा आफूले कहिल्यै विश्वास नगरेको बताए। एमाले- माओवादी गठबन्धन हठात् बनेको र अपारदर्शी छ,यसमा विदेशी चलखेल छ र भविष्यमा विदेशीहरुको बढि सेवा गर्ने केसीको भनाई छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केसीले भने-ओलीलाई प्रधानमन्त्री हुन नदिनको लागी मुख्य षडयन्त्र प्रचण्डबाट हुन्छ।ओलीलाई प्रचण्डबाट बाहेक अरुले धोका दिन सक्दैन,यसको लागी प्रचण्ड निमित्त पात्र मात्रै हुन्,गोटि अन्तैबाट चल्छ।

नेपाली राजनितीमा ओली लोकप्रिय छन्।जनमत ओलीको पक्षमा आएको छ,यस्तो अवस्थामा ओलीलाई सत्ता बाहिर राख्ने कुरा कल्पना भन्दा बाहिरको कुरा भएको केसीले बताए।

निर्वाचन आयुक्त प्रचण्डको हातमा छन्। अहिले प्रचण्डले जे भन्छन् निर्वाचन आयोगले त्यहि गर्छ। बाहिर हेर्दा आयोगले कानुनी अस्पस्टता देखाएर काम नगरेको देखिए पनि भित्री रुपमा आफ्नो स्वार्थको लागी प्रचण्डले चलखेल गरिरहेका आरोप केसीले लगाए।

एमालेकै कारणले माओवादीको अस्तित्व जोगिएको केसी बताउछन्।अहिले नेपालको राजनितीको ‘रिमोट’ प्रचण्डको हातमा रहेको बताउदै प्रचण्डले आफ्नो स्वार्थ भन्दा माथी उठेर काम नगर्ने केसीको भनाई छ।

हेर्नुहोस् डा.सुरेन्द्र केसीसँगको पुरा कुराकानी 

https://youtu.be/FWCTDs_6TZM