नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गैँडाकोट–१५ अमरापुरी झराहीखोला नजिक बुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार देवचुली नगरपालिका–१४ का २२ वर्षीय मुकेश सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्वबाट पश्चिम जाँदै गरेको ना २७ प ७३९२ नंको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको को २१ प १९२३ नंको पल्सर मोटरसाइकलले ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।