दिनभरि काम गर्दा, तनाव लिँदा र सही आहार नलिँदा धेरै मानिसलाई टाउको दुख्ने समस्या आउँछ । त्यसलाई हटाउनका लागि धेरै मानिस एलोपेथिक औषधि खान्छन् ।

तर घरैमा उपलब्ध सामग्रीहरूले टाउको दुख्ने समस्या निको पार्छन् ।

आईस प्याकले टाउको सेक्नुभयो भने शिरका मांसपेशीहरूलाई आराम पुग्छ र टाउको दुख्न छोड्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक गिलास मनतातो पानीमा कागती निचोरेर पिउनुभयो भने तनाव भाग्छ र टाउको दुखाइ पनि नियन्त्रणमा रहन्छ ।

एक चम्चा दालचिनीको धूलोमा अलिकति पानी हालेर पेस्ट बनाउनुस् । अनि त्यसको लेप टाउकोमा लगाउनुस् । त्यसलाई २० मिनेटपछि धुनुस् । टाउकोदुखाइ भाग्छ ।

अलिकति चन्दनको धूलोलाई पानीमा भिजाएर पेस्ट बनाउने अनि आधी घन्टापछि धुने गर्दा पनि टाउको दुख्न बन्द हुन्छ ।

नरिवलको तेलले १० मिनेटसम्म मसाज गर्दा मांसपेशीलाई आराम हुन्छ र टाउको दुख्न छोड्छ ।

सातवटा लसुनका पोटीलाई आधा गिलास पानीमा उमालेर पिउँदा तनाव हट्छ अनि टाउकोदुखाइ नियन्त्रणमा रहन्छ ।

बदामको तेलले टाउकोमा १५ मिनेटसम्म मसाज गर्दा मूड फ्रेश हुन्छ र टाउको दुख्दैन ।

एक कप पानीमा अदुवाको सानो टुक्रा हालेर उमाल्नुस् अनि मनतातो भएपछि चिया पिएजसरी पिउनुस् । ठीक हुनुहुनेछ ।

एक गिलास पानीमा एक चम्चा जीरा मिसाएर पिउनुस् । यसो गर्दा रक्तसञ्चार राम्रो हुन्छ र टाउको दुख्न छोड्छ ।

एजेन्सी