० पुष, २०७४ काठमाडौ– स्याङ्जा क्षेत्र नं १ का नेकपा एमाले सांसद नारायणप्रसाद मरासिननीलाई हृदयघात भएको छ ।

बुधबार दिउँसो हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। सामान्य उपचारपछि मरासिनीलाई आज बिहान हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ । मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य देखिन्छ र थप परीक्षण भइरहेको छ ।