प्रहरीले काठमाडौंको पेरिसडाँडामा दुई वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो । एउटा कटुवा र अर्को रिभल्वरसहित पक्राउ परेको परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।









