दमक/नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री गगन थापाले आफुहरुको धारणा नयाँ सरका गठन जतिसक्दो चाँडो होस भन्ने रहे पनि कानुनी प्रक्रियाले गर्दा केहि बिलम्ब भएको बताउनु भएको छ ।

दमकमा आज पत्रकारहरु संग कुरा गर्दै पुर्व मन्त्री थापाले संघिय संसदमा ३३ प्रतिशत महिला हुनै पर्ने कानुनी बाध्यताका कारण राष्ट्रिय सभाको निर्वाचन नभई नयाँ सरकार गठन नहुने प्रष्ट पार्नु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काुननी प्रक्रियानै नबुझि निर्वाचन आयोगलाई गाली गर्नुको कुनै तुक नहुने भन्दै थापाले कानुनी प्रक्रिया पुर गरी जतिसक्दो चाँडो नयाँ सरकार गठन हुनु पर्नेनै आफुहरुको पनि धारणा रहेको वहाँले बताउनु भयो ।

फरक प्रशंगमा बोल्दै नेता थापाले निर्वाचनको परिणामले कांग्रेसको पुनर्संरचना गर्नु पर्ने देखिएको भन्दै जतिसक्दो चाँडो महासमिति बैठक बोलाएर नयाँ अधिवेसनको तयारीमा पार्टि लाग्नु पर्ने बताउनु भयो ।

कांग्रेसको पहिलो पुस्ताले मुलुकमा धेरै योगदान दिई सकेको भन्दै नेता थापाले अबको महाधिवेसनबाट पार्टिको पुरानो पुस्ता कार्यकारी तहमा आउन नहुने र पार्टिको पुनव्र्यवस्थापन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई फेरी पहिले पार्टि बनाउनु पर्ने वहाँले बताउनु भयो ।