विष्णुप्रसाद पोखरेल दमक/ झापाको गौरादह नगरपालिकामा जनप्रतिनिधि आएको छ महिनापछि आज विहिबारबाट नगरसभा शुरु भएको छ । नीति तथा कार्यक्रम र बजेट निर्धारण गर्ने नगरसभाको प्रदेश सभा सदस्य हिक्मत कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरेकाछन् ।
कार्कीले गौरादहलाइ झापाको मात्र नभएर प्रदेश नंं १ को नै महत्वपूर्ण र गौरव गर्न लायक नगर बनाउने आफ्नो सोच रहेको बताए । उनले यसमा नगरपालिकाको सहयोग र साथ आवश्यक रहेको भन्दै जनप्रतिनिधिहरुले यसको अगुवाइ गर्नु पर्नेमा जोड दिए ।
नगरप्रमुख रोहितकुमार शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेकाछन् । नगरपालिकाको पहिलो नगरसभाले नै नगरपालिकालाइ सूचना र प्रविधिमैत्री बनाउनेमा जोड दिएको छ । यसै अनुसारको सोच पहिलो नगरसभामा प्रस्ताव गरिएको छ ।
नगरको सोचको रुपमा पर्यटकीय, शैक्षिक, ब्यापारीक तथा बसोबास योग्य हरित, आधुनिक स्मार्ट सिटीको रुप दिदै डिजिटल गौरादह निर्माण गर्ने शाहले बताएकाछन् । नगरपालिका र वडा कार्यालयबाट कागज रहित सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
गौरादह नगरपालिकालाइ ३ बर्षभित्रमा शत् प्रतिशत साक्षर बनाउने देखि लिएर रिङरोडको डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाउनेसम्मका महत्वकाक्षी योजनाहरु अघि सारिएको पाइएको छ । यसका लागि शैक्षिक संस्थाहरुको सहकार्य आवश्यक रहेको पनि औल्याईएको छ ।
गौरादह आधुनिक स्मार्ट सिटी संगै सबै प्रकारका प्राविधिक शिक्षाहरु पढाइहुने शिक्षालय स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।
शाहले प्राविधिक शिक्षाको लागि गन्तब्य नगर बनाउने बताए । गौरादहमा नै स्थानीय स्तरमा चाहिने सबै प्रकारका प्राविधिकहरु तयार गर्ने लक्ष्य यसले पुरा गर्ने बताइन्छ ।
प्रयोगको आधारमा जमिन बर्गिकरणगरी भिन्नभिन्न प्रकारको धनिपूर्जा बितरण गर्ने र त्यस अनुसार नै प्रयोजन भए नभएको हरिने सम्मका बिषयहरु नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाले नागरिकको जिबनस्तरलाइ उकास्न र सहज सेवामा पहुच पुर्याउने उदेश्यका साथ नीति तथा कार्यक्रम ल्याएको शाहले बताए ।
वडा नंं १ का वडाध्यक्ष तथा गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार नीति तथा कार्यक्रमको विषयमा छलफल गरेर कितावको रुपमा प्रकाशित गरेर नगरबासीसम्म पुर्याइने छ ।










