प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएपछि प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छोटो वार्ता भएको छ । एमाले, पोरम र राजपाका नेताहरु बाहिरीएपछि प्रचण्ड र देउवाबीच वार्ता भएको श्रोतले बतायो ।

छलफलका क्रममा प्रचण्डले देउवालाई सबै दलहरु मिलेर सहमतिमै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । कांग्रेससँग पनि आफू सहकार्य गर्न तयार रहेको प्रचण्डले सुनाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर देउवाले भने प्रचण्डलाई एक्लै भेटेर सहकार्य होइन प्रधानमन्त्री नै बन्नुस भन्ने प्रस्ताव दोहोर्याएका थिए ।

प्रचण्डले भने जवाफमा एमालेसँग पार्टी एकता गर्ने तयारी भइरहेकाले अरु विकल्पबारे अहिले केही नसोचेको बताएका थिए ।