काठमाडौं- नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले एकतापछि एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हुने बताएकी छिन्।

पार्टी एकतापछि दुई पार्टीका अध्यक्षको व्यवस्थापन कसरी हुने भन्नेबारे चर्चा भइरहँदा युवा नेतृ झाँक्री ट्विट गर्दै एकीकृत पार्टीको अध्यक्ष दाहाल हुने उल्लेख गरेकी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेतृ झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ सरकारको प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहाल सिंगो कम्युनिस्ट पार्टीको अध्यक्ष बन्ने बताएकी छिन्।

'एमाले अध्यक्षलाई प्रधानमन्त्री बनेर स्थायित्व दिन जनताले अनुमोदन गरिसके', उनले ट्विटरमा लेखेकी छिन्, 'फुट होइन अब छिटै पार्टी एङ्कता हुनेछ र एउटा सिंगो पार्टीको अध्यक्ष कमरेड पुष्पकमल दाहाल हुनुहुनेछ।'