मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा गएराति जंगली हात्तीले क्षति पुर्‍याउँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ ।

हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पुर्‍याएको छ भने घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हात्तीलाई स्थानीयवासीको सहयोगमा जंगलतर्फ नै लखेटिएको प्रहरीले जनाएको छ । जंगलबाट आएको हात्ती बस्तीमा पस्दा रातभर सो वडाका बासिन्दा आतंकित भएका थिए ।