बुटवल, २२ पुस - रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल –बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए ।

शुक्रबार बिहान करीब ११ बजे  बसन्त र उनकी श्रमती ढेकारस्थित सःमिलको कम्पाण्डभित्र आगो तापेर बसेका थिए । त्यही बेला मोटरसाइकलमा दुई जना आए । इप्रका बुटबलका डिएसपी पवन भट्टराईका अनुसार सुरुमा उनीहरुले आफूलाई काठ चाहिएको बताएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लगत्तै दुई जनाले पौडेलमाथि गोली प्रहार गरे । छातीमा गोली लागेका उनी त्यही ढले । गोली हानेपछि उनीहरु मोटरसाइकलमै फरार भएका छन् । नयाँ पत्रिकाले खबर छापेको छ |