दमक/झापाको दमकमा लायन्स क्लवहरुको संख्या आधा दर्जनभन्दा बढि भइसकेको अवस्थामा महिलाहरुले मात्र नयाँ लायन्स क्लव सञ्चालनमा ल्याएकाछन् । लायन्स क्लव अफ दमक सेविका नाम रहेको छ ।

संस्थापक अध्यक्ष रेगिना भट्टराइ प्रसाइ बनेकीछन् । उनि दमक जेसिजको इतिहासमा पहिलो महिला अध्यक्ष पनि बनेकी थिइन् । पुर्वाञ्चलमा नै महिलाहरुले मात्र सञ्चालन गरेको लायन्स क्लव अन्यत्र कहि नरहेको लायन्स रिजनल चियर पर्सन अजय अग्रवालले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जोन चियर पर्सन डा. प्रहर क्षेत्रीले धेरै लायन्स क्लवहरु सामाजिक कार्य गर्ने उदेश्यले खोलिरहेको र पूर्वमा नै दमकमा पहिलो पटक महिलाहरुले मात्र बेग्लै लायन्स क्लव स्थापना गरेको जानकारी दिए ।

यसैबीच यो क्लवले पहिलो कार्यक्रम पनि गरेको छ । वडा नम्बर ४ मा रहेको बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठमा अध्ययनरत बटुकहरुलाई स्वेटर वितरण गरेको छ । भट्टराई कुल वंश प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी क्लबले बिद्यापिठमा अध्ययनरत ३२ जना बटुकहरुलाई स्वेटर वितरण गरेको हो ।

लायन्स क्लब अफ सेवीकाका अध्यक्ष रेगिना भट्टराई प्रसाईंको अध्यक्षता र बिद्यापिठका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका अजय अग्रवाल, डाक्टर प्रहर क्षेत्री, पत्रकार बिष्णु पोखरेल लगायतले लायन्स सेवीकाको सामाजिक कार्यको प्रशंसा गर्नु भएको थियो ।

पुर्वाचलमै पहिलो र हाल सम्मको एक मात्रै महिला लायन्सले स्थापनाको छोटो समयमानै सामाजिक काम गर्न सफल भएको भन्दै वक्ताहरुले सकारात्मक कार्यको लागि लायन्स सेवीकालाई बधाई दिएका थिए ।