२२ पौष, काठमाडौं ।अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले दुवै मृगौला काम नलाग्ने भएका मृगौला पिडित श्यामबहादुर मगरलाई आज उपचार सहयोग स्वरुप रु १ लाख १८ हजार रकम हस्तान्तरण गरेका छन्।

झापा जिल्लाको कमल गाउँपालिका वडा नं १ निवासी २४ वर्षीय मगरका दुवै मृगौलाले काम गरेन छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन्। चिकित्सकका अनुसार उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि पिडित मगरलाई सहयोग गर्न क्रान्तिकारी अध्यक्ष तामाङले फेसवुक मार्फत सार्वजनिक अपिल गरेका थिए। तामाङ आफैंले हिजो जेल र यातना बापत सरकारले राहत स्वरुप उपलब्ध गराएको २० हजार र उनकै आह्वानमा हङकङ बस्ने खड्गवहादुर गुरुङले उपलब्ध गराएको ९३ हजार सहितको रकम हस्तान्तरण गरेका हुन्।

अखिल(क्रान्तिकारी)को सामाजिक सरोकार विभागद्वारा आयोजित सोही कार्यक्रममा कैलाली जिल्ला घोडाघोडी नगरपालिकाका मृगौला पिडित रामवहादुर वोहरालाई रु बीस हजार उपलब्ध गराइएको विभागका प्रमुख एवम् क्रान्तिकारी उपाध्यक्ष विजय गौतमले जनाए।