नेकपा माओबादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शनिबार अपरान्हसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता गर्ने सम्बन्धी प्रारम्भिक छलफल हुने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताएका छन्।

उनले भने, ‘संभवत आज नै दुवै पार्टीका अध्यक्षज्यूहरुबीच पार्टी एकताबारे छलफल हुनेछ र भोलि पार्टी एकता संयोजन समितिमा थप छलफलहरु गछौं।’ पार्टी एकताका लागि दुवै दलभित्र दुइवटा बुँदामाथि छलफल भइरहेको श्रेष्ठले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताकै विषयमा गृहकार्य गरिरहेको भन्दै श्रेष्ठले पार्टीको वैचारिक लाइन के हुने र नेतृत्व निर्माण, संगठानात्मक संरचनाको एकीकरणको आधार के हुने? भन्ने बुँदामा छलफलपछि पार्टी एकता प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।