दमक/गैह् सरकारी संस्था सम्भव नेपालको सहयोग शिक्षिका दुर्गा काफ्लेको प्रयासमा पाणिनि माबिका बिपन्न समुदायका ४२ जना बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गरिएको छ ।
स्थानीय चिया बगानमा काम गर्ने मजदूरका छोराछोरी तथा पिपन्न बिद्यार्थीहरु स्वीटर बितरण गरिएको हो । आफ्लेका अनुसार जाडोले लगलग काम्दै बिद्यार्थीहरु बिद्यालय आएको देखेर स्वीटर बितरण गरिएको हो ।
स्वीटर बितरण कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले स्वीटर बितरण गरेकी थिइन् । उनले मानवीय सेवामा यो अत्यन्त उत्तम काम भएको भन्दै सबैको ध्यान यस्तो सेवामा जानु पर्नेमा जोड दिइन् ।
बिद्यालयमा भएको खेलकुद प्रतियोगिताका बिजयीहरुलाइ पुरुस्कार बितरण, बिज्ञान प्रदर्शनी लगायतका कार्यक्रमहरु समेत गरिएको थियो । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रामबहादुर धिमाल लगायतको पनि सहभागिता रहेको थियो ।










