दमक/ घर निर्माणका क्रममा झापाको कमल गाँउपालिका–५ मा ज्यान गुमाएका भारत,विहार घर भएका एक मजदुरका परिवारलाई नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर यूनियनले राहत दिएको छ ।
यूनियनको कमल गाँउपालिकाले ज्यान गुमाएका ३६ बर्षीय रजानन्द सरदारको परिवारलाई नगद राहत स्वरुप रु १ लाख २५ हजार रुपैया दिएका हुन् ।
यूनियन र निर्माणकर्ताको सहयोगमा संकलित उक्त राहत रकम शनिवार पीडितका परिवारलाई हस्तान्तरण गरिएको यूनियनका केन्द्रीय महासचिव इन्द्रकुमार राईले बताए । सो राहत यूनियन गाँउपालिका अध्यक्ष राजु मगरले दिएका थिए ।
कमल गाँउपालिका–५ का हेमराज कार्कीको निर्माणाधीन घरको सेफ्टी ट्यांकी बनाउने क्रममा गत पुस १४ गते कालीगढ सरदारको वाल भत्किएर मृत्यु भएको थियो ।










