काठमाण्डौँ प्रहरीले आइ इ एल टि एस परीक्षा पास गरिदिन पैसा दिने बिद्यार्थी र सेटिङ मार्फत पास गराई दिने विज्ञ बताउने १३ जनालाई शनिवार पक्राउ गरेको छ ।

शनिवार बिहान ५ बजे उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रामदत्त जोशीले नेपाल जर्नललार्इ जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विदेश अध्ययन गर्न जाँदा छात्रावृति पाईने भन्दै बिद्यार्थीहरुले प्रश्न पत्र किन्न महंगो मुल्य तिरेको जोशीले बताए । आजको लागि तय भएको परिक्षाको प्रश्न पत्र हिजो साँझै बिद्यार्थीलाई प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भई रहेकाले थप विवरण आईतवार वा सोमवारसम्म पत्रकार सम्मेलन गरेर जानकारी गराउने एसपी जोशीकाे भनार्इ छ ।

आइ इ एल टि एस परीक्षा ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा हाे । याे  परीक्षाकाे प्रश्न पत्र नेपालमा बन्दैन  र परिक्षा पास नगरी धेरै विदेशी कलेजमा पढ्न जान पार्इदैन ।

प्रहरीले घटनामा  ब्रिटिस काउन्सिलकै कर्मचारीकाे मिलाेमताेमा घटना भएकाे हुन सक्ने भन्दै अनुसन्धान अगाडी बढाएकाे छ । पक्राउ परेकाको विवरण र पक्राउ स्थानबारे प्रहरीले अहिल्यै बोल्न नमिल्ने बतायो । नेपाल जर्नल बाट सभार