नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको भेलामा उनकै पक्षका एक दर्जन नेताले बहिष्कार गरेका छन् । डा.मीनेन्द्र रिजाल, डा.शेखर कोइराला र डा.नारायण खड्का लगायतका नेताले बहिष्कार गरेका हुन् ।

यसअघि पौडेल पक्षधर रहेका तीन नेताहरू यसपटक भने टाढिन खोजेको कतिपयको विश्लेषण छ । डा.शेखरले भने यस्ता भेलाहरू गरेर कुनै उपलब्धि नहुने भएकाले आफू सहभागी नभएको बताए । रिजाल र खड्का भने देउवा गुटतिर नजिक हुन चाहेको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देउवाको नेतृत्व असफल भएको भन्दै पौडेलले आफू निकटका नेताहरूसँग छलफल गर्न भेलाको आयोजना गरेका थिए ।

शुक्रबार पौडेलले काठमाडौंको एक होटलमा भेलाको आयोजना गरेका थिए । देउवा नेतृत्वको कांग्रेस कमजोर बन्दै गएकाले अबका दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पौडेलले छलफल गरेका थिए ।

पौडेलको भेलामा युवा नेताहरू धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतको पनि उपस्थिती रहेको थियो ।