पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ । आज बिहान अचानक शौचालय जाने क्रममा लडेका पोखरेलको नर्भिक अस्पतालमा उपचारक्रै क्रममा निधन भएको परिवारले जनाएका छन् ।

पोखरेल श्वास–प्रश्वास र मुटु रोगका पीडित थिए । पोखरेल तत्कालीन संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद थिए । मिनभवनस्थित भिएस निकेतन स्कुलका संस्थापक समेत रहेका पोखरेल २०६८ देखि २०७० सम्म प्याव्सनका अध्यक्ष रहेका थिए भने हाल बरिष्ठ उपाध्यक्ष रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अमेरिकाबाट जेठा छोरा आएपछि पर्सि मात्रै पोखरेलको अन्त्यष्टि गरिने जनाइएको छ । पोख्रेलका श्रीमति र दुई छोरा छन् । त्यसअघि अन्तिम श्रद्धाञ्जलीको लागि उनको शवलाई भिएस निकेतन कलेजमा राखिने जनाइएको छ । नयाँपेज बाट सभार